नमुना शितागंगा बनाउने हाम्रो अभियान पुरा गरेर छाड्छौ: नगरप्रमुख अधिकारी


सुर्य भुसाल 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपालको सबैभन्दा ठुलो नगरपालिका शितागंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारीले कृर्षि पशुपालनलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ । 
शितागंगा नगरपालिकाले अायोजना गरेको राष्ट्रिय जेष्ठ नागरिक दिबसको अबसरमा बृर्दबृर्दाहरुलाई सम्मान तथा तातो कपडा बितरण गर्दै नगरपप्रमुख अधिकारीले शितागंगा मासु दुध अन्डामा अात्म निर्भर बनाउने बताउदै नगरपालिका भित्र रहेका प्राकृतिक सम्पदाको संरक्षण भष्टचार मुक्त जनता मैत्री सेवा सुशासन कायम गर्न अाफुहरु लागि परेको बताउनु भएको हो ।
नगरपालिका भित्र बिकास निर्माणका प्रस्तै कामहरु गर्नका लागि अाफुहरुले काठमाडौ मन्त्रालयहरु पुगेर धेरै बिकासका योजना पार्न सफल भएको बताउदै भौगोलिक हिसाबले निकै बिकट भएका ठाउँहरुमा पनि समान ढगले बिकासलाई अगाडि बढाएको बताउनु भयो । 
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भन्डारीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा अाफु निकै हर्सित भएको बताउनु भयो ।