सन्धिखर्क – गच्छे – फुदवाङ सडक जहिले पनि धुलाम्ये-हिलाम्य, स्तरोन्नतिमा ढिलाइ भएको भन्दै स्थानियबासी आक्रोसित (फोटो फिचर)

बसन्त खड्का 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ फुदवाङ जोड्ने सडक पक्की तथा मर्मत नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
सदरमुकाम सन्धिखर्क – गच्छे – फुदवाङको २ किमी सडक बिग्रिएर जीर्ण भएको छ। वर्षाले ठाउँ–ठाउँमा ठूलो खाल्डो पारेको छ। सडक हिलाम्मे भएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
जिल्लाकै महत्व मानिने सन्धिखर्क – गच्छे – फुदवाङ सडक अझै पक्की हुन सकेको छैन। गच्छेखोला बजारमा पक्की पुल निर्माण भएपनि सन्धिखर्क – गच्छे – फुदवाङ सडक बिग्रिएर जीर्ण भएको छ।
केही वर्षअघि ग्राभेल भएको सडक ठाउँ–ठाउँमा भासिएर दबेपछि सवारीसाधन र पैदयात्रुलाई समेत हिड्न मुश्किल पर्छ। सामान्य पानी पर्दा सडक हिलाम्य हुन्छ भने घाम लागेको बेला धुलाम्ये हुने गर्दछ । ‘बाटो यति खराब छ कि, मोटरसाइकलमा यात्रा पार गर्न आधा घण्टा बढी लाग्छ’ । 
यो सडकको स्तरोन्नतिका लागि ढिलाइ भएको भन्दै स्थानियबासी आक्रोसित भएका छन् । सन्धिखर्कका बिहारा लगायत अन्य सडकमा कालोपत्रे भएपनि सन्धिखर्क – गच्छे – फुदवाङ सडकमा अहिले केही हुन सकेको छैन् । यो सडकको मर्मत सम्भार, कालोपत्रेका लागि अहिलेसम्म कसैको ध्यान गएको छैन् । 
उता भन्दा खेरी गाउँ-गाउँमा अधिकार पुगाएका छौ भन्छन् ? गाउँ-गाउँको हालत यस्तो छ एउटा कुनै टोलको बाटोसम्म राम्रो बनेको छैन भने अरु के उल्लेखनीय काम गर्लान् र ? यी जनप्रतिनिधिहरुले स्थानीय चुनाव भएदेखि सन्धिखर्क नगरपालिका ७ का वार्ड अध्यक्षले जनताको कुनै मन जित्न सक्ने खालको उल्लेखनीय कामका लागि भूमिका नखेलेको स्थानियबासी भन्छन् । 
यो सडक ५ नम्बर प्रदेशको पर्यटकियस्थल जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका – ७ खाचिकोट सुपादेउरालीको वार्डमा पर्दछ ।