प्रेम खड्का
विगत ६ वर्ष देखी बैंक रोडमा केपि मोबाइल रिपेरिङ सेन्टरको नाममा सञ्चालित प्रकाश भट्टराईको पसलमा चोरी भएको हो ।
हिजो राती ८ बजे राम्रो संग पसल बन्द गरि घर गएका भट्टराई बिहान मात्र चोरी भएको बताए, पसलमा रहेका ६/७ वटा नयाँ मोबाइल चोरहरुले उठाएर लगेको छ भने उक्त मोबाइल सेटको रकम १ लाख बराबरको रहेको जनाईएको छ । पसलमा सिसिटिभी ज्वाईन गरिएको भएता पनी हिजो बन्द गरेर गएका थिए ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नमराज मल्लले अनुसन्धान गरिरहेको र जिल्लावासिलाई आफ्नो पसल ,कलकारखाना र घरहरुमा चाईनिज ममबत्तीले पनि खोल्न सक्ने भएकोले यस्ता खाले ताला नलगाउन प्रयोग नगर्न अनुरोध गर्नुभएको छ ।