सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले शैक्षिक क्षेत्रको बिकासका लागि अाफुहरुले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकामा रहेका बिधालयका प्रअहरुलाई निर्देशन दिदै प्रशासकिय अधिकृत पौडेलले बिधार्थिहरुको शैक्षिक गुरस्तर निकै सुधार गर्नु पर्ने देखिएकोले अङ्ग्रेजी शिक्षालाई ब्यवहाँरिक शिक्षाको रुपमा बिकास गर्नेगरि पठन पाठनलाई अगाडि बढाउन सरोकारवालाहरुलाई अाग्रह गर्नु भएको हो ।
पौडेलले बिहान १० बजेदेखि ४ बजेसम्म शिक्षकहरु बिधार्थिप्रति जिम्मेवार भएर पठनपाठन गराउनु पर्नेमा जोडदिनु भएको हो ।
कार्यक्रममा शिक्षा बिकार समन्वय ईकाई अर्घाखाँचीका प्रमुख मणिराम पराजुली, जिल्ला शिक्षा कार्यालयका अधिकृत बलाराम मिश्र नगर शिक्षा अधिकारी चोपलाल बेल्बासे पसुपति भुसाल लगायतले मनतब्य राख्दै शैक्षिक गुरस्तर सुधार गर्न अाग्रह गर्दै अाफुहरुले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
बैठकमा विभिन्न बिधालयका प्रअहरुले बिधालयको अबस्था समस्या त्यसको समधान लगाएतका बारेमा भनाइ राखेका थिए ।