अर्घाखाँचीमा लंका यातायातले भाडादर नबढाउने

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट देशका विभिन्न शहरमा संचालनमा आएको लंका यातायातले भाडादर नबढाउने भएको छ । 
सन्धिखर्कबाट बुटवल, काठमाडौं, पोखरा, नेपालगन्ज, दाङ, कृष्णनगर लगायतका ठाउँमा गाडी संचालन गर्दै आएको लंका यातायात प्रा. लि . का अध्यक्ष कृष्ण भुसाल तथा महासचिव भेषराज छेत्रीले दसैं, तिहारमा अरु यातायातले भाडादर बढाएपनि आफुहरुले नबढाउने अर्घाखाँचीडट्कमलाई जानकारी दिए ।
भुसालले लंका यातायातले पुरानै भाडादरमा नियमित यात्रुहरुलाई सुविधा दिने बताए ।   
लंका यातायात प्रा. लि . का ८ वटा सिट भएको स्कार्पियो गाडीमा यात्रा गर्दा नेपाल सरकारको भाडा दर अनुसार लिएको बताएको छ ।
यस गाडीमा रिजर्भ गर्दा ४ हजारसम्ममा बुटवलको भाडा लिदै आएको छ ।