अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका – ४ धारापानीको लामाखर्कमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
धारापानीको लामाखर्कका झिलक बहादुर आलेकी श्रीमिती धनी आलेको आज दिउँसो अन्दाजी २:३० करेन्ट लागेर मृत्यू भएको हो ।
दिउसो टेलिभिजन हेर्नका लागि तार जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमा नै निधन भएको ईलाका प्रहरी धारापानीले बताएको छ ।
धनी आलेका श्रीमान तथा २ छोरा र १ छोरी रहेका छन् ।
मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।