अर्घाखाँचीका एक युवाको साउदी अरेबियामा झुण्डिएको अवस्थामा शव फेला

अर्घाखाँचीडट्कम संवाददाता 
दमाम । अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका – ८ धारापानी औवल मिलनचोक घर भई रोजगारीका सिलसिलामा साउदी अरेबियाको दमाममा रहेका एक युवाको आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
धारापानी औवल मिलनचोकका यमलाल जोसी बन्जाडेका  २८ बर्षिय छोरा बिष्णु बन्जाडेको साउदी अरेबियाको दमाममा गत असोज १३ गते शनिवार  बिहान करिव ११ बजे तिर आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
दमाम स्थित रिमा बोस्टेट रेष्टुरेन्टमा काम गर्दै आएका बन्जाडेको शवलाई प्रहरीले पोस्टमार्टमका लागि दमामको मर्काबिया अस्पतालमा राखिएको छ। प्रहरीले भने आत्महत्या गरेको नै बताएको छ ।    
२० महिना अघि मात्र साउदी अरेविया गएका थिए । बन्जाडेका श्रीमती र ३ बर्षिय छोरा रहेका छन् । उनी दसैंमा घर आउने तयारी गरेका थिए ।
मृतकको शवलाई कागजी प्रकृया पुरा गरी छिटो नेपाल पठाउने नेपाली राजदूतावास साउदी अरेबियाले बताएको छ ।