अर्घा भगवती बिमानस्थलको शिलान्यास भएको दुई वर्षपछि सर्भे कार्य शुरु

श्याम घिमिरे
अर्घा- धरमपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम संवाददाता) ।  नेपाल सरकारका पुर्बउपप्रधान मन्त्री एवं अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले निर्माणाधिन अर्घाभगवति बिमानस्थललाई जसरी भएपनी सम्पन्न गरेरै छाड्ने बताउनु भएको छ । निर्माणाधिन बिमानस्थलको सुक्रबार ड्रोन क्यामरा मार्फत डिटल सर्भे गर्ने कार्यक्रममा संक्षिप्त रुपमा कुराकानी गर्दे रायमाझीले उक्त कुरा बताउनु भएको हो ।


अर्घाखाँची जिल्लाको धरमपानीमा निर्माण हुन लागेको अर्घा भगवती बिमानस्थलको शिलान्यास भएको दुई वर्षपछि सर्भे कार्य शुरु भएको छ ।निर्माणाधीन अर्घा भगवती बिमानस्थलकाे डिटेल सर्भेको आज पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले ड्रोन क्यामराबाट शुभारम्भ गरेका थिए । रायमाझीले उक्त समारोहमा अबको ३ वर्षमा जहाज उडाएर देखाउने दावी गरे ।  २०७३ आषाढ १३, सोमवार  अर्घा भगवती बिमानस्थलको शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । अर्घा भगवती बिमानस्थल सन्धिखर्कको चुत्राबेशीबाट २ कि.मि दुरिमा पर्दछ ।

राजनितिक क्रान्ति सफल भएकोले अब आर्थिक क्रान्तिमा जुटिरहेको भन्दै रायमाझीले बिकास निर्माणमा सबैको सहयोग र एकताको खाँचो रहेको बताउनुभयो । जिल्लालाई बिकास निर्माणको माध्ययमबाट देशभर चिनाउन आफु लागीपरीरहेको बताउदै रायमाझीले सबैको भाबनालाई समेटेर कामगर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रीय सभा सदस्य चन्द्रबहादुर खड्का,प्रदेश सांसद रामजि प्रसाद घिमिरे,जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,उपप्रमुख रीषी बहादुर पुलामी,सन्धिखर्क नगरउपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको उपस्थीति रहेको थियो । क्यामरालाई ईन्जीनियर गुरुदत्त भट्टराईले आकाशमा उडा्न गर्नु भएको हो । यस अघि २०७३ साल असार १३ गते तत्कालीन नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री रायमाझीले एककार्यक्रमका बिच विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।