अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । मौसमी तथा बेमौसमी तरकारी व्यबसायको विस्तार, युवा रोजगारी र आर्थिक बृद्धिको मुल आधार, भन्ने विषयमा जिल्ला स्थित स्थानीय सरोकारवाल निकायहरु बिच सन्धिखर्कमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर भुसाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिका कार्यबाहक नगर प्रमुख ठाकुर कुमार वि.क छत्रदेब गाँउपालिका प्रमुख लेखनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर भुसालले जिल्लाको विकासको मुल आधार कृषि भएकोले कृषिको विकास विना जिल्लाको विकास हुन नसक्ने भन्दै कृषिको आधुनिकीकरण र विस्तारीकरणमा ध्यानदिई निर्वाहमुखी भन्दा व्यबसायीमुखी बनी जिल्लामा उत्पादित तरकारी अन्य जिल्लामा विक्री गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गत साल कृषिको क्षेत्रमा भएका सुधार र आगामी दिनहरुमा गर्नुपर्ने सुधारहरु लगायतका बिषयहरुमा समेत छलफल भएको हो । कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोेन ईकाई अध्यक्ष रामबहादुर रायमाझीको अध्यक्षता तरकारी जोन इकाई संहसयोजक सरोज भुसालको स्वागत मन्तब्य र बरिष्ठ कृषि विकास अघिकृत थिरलाल गैरको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा तरकारी जोेन ईकाईका कार्यालय प्रमुख बुद्धिराम भट्टाराइले कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।