गोपाल प्रसाद भट्टराई
भुमिकास्थान, अर्घाखाँची असोज १९ । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम सुनारले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ । मसाल निकट जातिय समता समाज भुमिकास्थानको प्रथम नगर सम्मेलनको सुक्रबार उद्घाटन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन नसकेको भन्दै राजमो सचिव सुनारले समृद्ध समाज निर्माणको निम्ती सबैपक्षका गलत ब्यबहारमा परिवर्तन आवस्यक रहेको बताउनुभएको छ ।
समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली, नेताहरु कृष्ण सुनार, नुम बहादुर सुनार, लक्ष्मी सुनार र राजु सुनार लगायतको बिशेष आतिथ्यतामा सम्पन्न नगर सम्मेलनले चेत बहादुर वि.क.को अध्यक्षतामा ११ सदस्यिय नगर समितिको चयन गरेको छ ।जसको उपाध्यक्षमा निम बहादुर सुनार,सचिव गोपाल नेपाली, सह–सचिव गिता परियार र कोषाध्यक्षमा लक्ष्मी वि.क. रहनुभएको छ ।
यस्तै सम्मेलनले कृष्ण सुनार, विर बहादुर सुनार,राम बहादुर नेपाली,गोपाल वि.क र केशरा परियार रहेको ५ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको छ ।