अर्घाखाँचीमा मदिरा बिक्री वितरण गर्ने समय सिमा निर्धारण अवज्ञा गरे कार्वाही गर्ने

सुर्य भुसाल

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आइतबार बसेको सर्बपक्षिय वैठकले मदिरा बिक्री वितरणको निश्चित समय सिमा निर्धारण गरेको छ ।
जिल्लामा अब देखी साँझ ५ बजे देखि राति ९ बजे सम्म मात्रै मदिरा बिक्री वितरण र सेवन गर्न सक्ने निर्णय गरेको प्रजिअ खिमराज भुसालले जानकारी दिनु भयो ।

भुसालले जिल्ला को शान्ति सुरक्षा मजबुत रहेको बताउदै चाडपर्व का बेला उपभोक्ता हरु नठग्गिउन भन्ने उदेश्य ले बजार अनुगमन लाई तिब्र पारिएको बताउदै ,भुसालले समाजमा दिनानुदिन बिकृर्ति बढदै जान लागेकोले मदिरा बिक्रीवितरण मा कडाइ गरिएको बताउदै तोकिएको समय भन्दा अन्य समयमा मदिरा बिक्रीवितरण तथा सेबन गरेमा तत्काल प्रहरी लाई खबर गर्न अाग्रह समेत गर्नु भएको छ । वैठकमा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु ले अाफुहरुको पालिकामा भएका गतिविधि हरुका बारेमा जानकारी गराएका थिए ।

जनप्रतिनिधिहरुले मदिरा विक्री वितरण सम्वन्धी बनाइएको नयाँ नियम लागू गर्न कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वैठकले घरेलु मदिरा विक्री वितरणमा समेत कडाइ गर्ने निर्णय गरेको प्रजिअ भुसालले सन्चारक्रमिलाई जानकारी गराउनु भयो । गर्भवति महिला र १८ वर्ष उमेर समुह भित्रका बालबालिकाहरुले मदिरा सेवन गर्न नपाइने भन्दै कोहि कसैले सेवन गरेको पाइएमा रोक्न पहल गरिने भएको छ जनप्रतिनिधि हरुले दाबि गरे ।

वैठकले सावैजनिक जग्गालाई संरक्षण गर्न विशेष ध्यान पुर्‍याउने र त्यसको सरक्षण गर्ने समेत निणय गरेको प्रजिअ भुसालले जानकारी दिनु भयो । सबै स्थानीय तहले आफ्नो क्षेत्र भित्र रहेको सार्वजनिक जग्गाको यकिन क्षेत्रफल पत्ता लगाउने कार्यमा जुट्ने भएका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरा हटाउने विषयमा समेत छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी भुसालले केहि स्थानीय तहको अडिट रिपोर्ट निकै संवेदनशिल रहेको भन्दै परदर्शी ढंगले काम गर्न कार्यलय प्रमुख हरुलाई निर्देसन दिनु भयो । उहाँले आफूले अख्तियार प्रमुखको समेत जिम्मेवारी सम्हालेकाले कार्यालयका काम कारवाहीलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई निर्देशन समेत दिनुभएको हो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक नवराज मल्लले चाड पर्वको समयमा हुन सक्ने संभावित जोखिम न्यूनिकरण गर्न प्रहरीले आफ्नो काम सुरु गरिसकेको बताउनु भएको छ । वैठककमा सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, उपप्रमुख तुल्सादेवी श्रेष्ठ मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला क्षेत्री, पाणिनि गाउँपालिकाका प्रमुख अच्युत गौतम, उपप्रमुख लक्ष्मी गौतम, भुमिकास्थान नगरपालिकाका प्रमुख खडानन्द बेल्वासे, भसमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि अर्याल, सन्धिखर्कका प्रमुख प्रशासकिय अधिकृत निरज गौतम, छत्रदेवका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायत ले अाफ्नो भनाइ राखेका थिए ।

 प्रजिअ भुसाल अर्घाखाँची अाएपछि सुसासन पारदर्सिता अनुसासन कायम गराउन सफल भएको भन्दै अर्घाखाँची बासिले प्रसम्सा गरेका छन प्रजिअ भुसाल को नेतृत्वमा धेरै बिकासका कामहरुमा पारदर्शिता कायम भएको अनुमान गरिएको छ । वैठक प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।