दोस्रो अर्घाखाँची प्रीमियर लिग समापन

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका अर्घाखाँची का उपप्रमुख ठाकुर कुमार बिकले खेलकुदको बिकासका लागि अाफुहरुले कुनै कसुर बाकि नराख्ने बताउनु भएको छ 
अर्घाखाँची  “स्वास्थ्यका लागि खेलकुद ,रास्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ असोज १३ गतेबाट  सुरु भएको दोस्रो अर्घाखाँची प्रीमियर लिग को समापन समारोह तथा पुरस्कार बितरण समारोहमा खेलाडी हरुलाई बधाई तथा शुभकामना दिदै उहाले प्रत्यक वार्डहरुमा खेलकुदका लागि खेलमैदान निर्माण गर्ने कृर्केट भलिबल फुटबल लगाएतका खेलहरु खेलाउन का लागि खेलमैदान को अभाब हुन लागेको भन्दै त्यसका लागि बैज्ञानिक तथा प्राबिधिक खेलमैदान निर्माण गर्ने बिषयमा पनि अाफुहरुले अध्यान सुरु गरेको ले खेलाडी हरुको मनोभाबना बुझेर खेलकुदको बिकासमा सक्दो सहयोग गर्ने दाबि गर्नु भयो 
कार्यक्रममा नेकपाका युवानेता प्रेमनारायण गैरेले खेलकुदको बिकास बिना  अन्यक्षेत्र को बिकास अपुरो हुने बताउनु भयो ।उहाले खेलाडी हरुको मनोभाबना बुझेर स्थानिय सरकार हरुले खेलकुदका लागि ठूलो बजेट ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनु भयो  ।  अर्घाखाँची सामुदायिक बिकास क्लवको मातहतमा सन्चालित अर्घाखाँची कृकेट एकेडेमीको आयोजनामा संचालित दोस्रो अर्घाखाँची प्रीमियर लिगको उपाधी रोयल सन्धिखर्कले  हात पारेको छ ।  
राउन्ड रोबिन लिगको आधारमा खेलिएको खेलमा अन्तिम फाईनल खेलमा एम्स स्टार र रोयल सन्धिखर्क पुगेका थिए   रोयल सन्धिखर्क ५ खेल मध्ये ४ खेल जितेर फाइनलमा स्थान बनाएको थियोे । भने एम्स स्टारले ६ खेल मध्ये ५ खेल जितेर फाइनलमा स्थान बनाएको हो। लिग चरणको अन्तिम रोयल सन्धिखर्क र एम्स स्टार बिचको खेल प्राविधिक कारणले रद्द भएको थियो। आज सम्पन्न फाईनेल खेलमा तस जितेर एम्स स्टारले पहिले ब्याटीङ्ग रोजेको थियो । रोयल सन्धिखर्कका बलरहरुको कसिलो बलिङ्गको दबाबमा परेको एम्स स्टारले पूरा २० ओभर खेली जम्मा ५६ रन बनायो ।  
५७ रनको लक्ष्य पाएको रोयल सन्धिखर्कले १२.५ ओभरमा २ बिकेटको क्षेतीमा लक्ष्य भेटायो । रोयल सन्धिखर्कले एम्स स्टारलाई ८ बिकेटले पराजित गरेको हो ।कार्यक्रम ऋषिकेष भट्टराई को अध्यक्ष तामा सम्पन्न भएको थियोे ।