सुर्य भुसाल
अर्घा । सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले सुपादेउरालि मन्दिरमा अाएका भक्तजन तथा प्रयटक हरुलाई अर्घाको एतिहासिक दरवार तथा भगवती मन्दिरको दर्सन गर्ने गरि मन्दिरको बिकास तथा स्तर उन्नति गर्ने गरि काम अगाडि बढिरहेको बताउनु भएको छ ।
अर्घा भगबति मन्दिर सन्चालक समितिले मन्दिर परिषरमा अायोजना गरेको कार्यक्रममा बोल्दै उहाले नगरपालिका भित्र रहेका सबै शक्ति पिठहरुको स्तरउन्ति गरि नगरपालिका को अान्तरिक अायमा समेत बृर्दि हुनेगरि सरक्षण सम्बर्द्धन गरिने बताउनु भएको हो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले अर्घा दरबार तथा भगवती मन्दिरका लागि अाकस्यक पर्ने सबै खालका सहयोग गर्न अाफुहरु प्रतिबद्ध रहेको बताउदै नगरको बिकासले फड्को मारेर अगाडि बढेको बताउनु भयो ।उहाले अर्घाखाँची मात्र नभई अर्घा भगवती मन्दिरको महत्त्व देश बिदेसमा रहेको बताउदै त्यसको सरक्षण गर्नु नगरवासिको दायित्व रहेको बताउदै बिकास निर्माणका काममा सबै ले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल योजना अधिकृत गोबिन्द केसि वार्ड नम्बर ९ का अध्यक्ष देब बहादुर रायमाझी समाजसेबि युवा ब्यबसाहि बाबुराम भुसाल झबिन्द खड्का निर्माण ब्यबसाहि पदम भुसाल लगाएतले मन्दिरको सरक्षण सम्बर्द्धन का बारेमा सुझाब दिनु भएको थियो ।
कार्यक्रम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सरोज भुसालको अध्यक्ष तामा सम्पन्न भएको थियो ।अर्घाभगबति मन्दिरमा दशैको प्रतिपदा देखि देबिको पुजा तथा भागबत गरिने छ भने कोजागत्र पुणिमाको दिन ठूलो मेला लाग्ने प्रचलन छ ।
अहिले मन्दिरको डिपिअार तयार लगाएतका कामहरुमा समाजसेवी बाबुराम भुसललले झन्डै ७ लाख सहयोग गरेको भन्दै उहालाई धन्यवाद समेत दिएको थियोे ।