प्रेम खड्का
सन्धिखर्क । हिन्दुहरुको महान चाड बिजयादशमी ,तिहार र छठ पर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त पहलमा शान्ती बगैचामा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
यसरी एउटै सिटको लागि दोहोरो टिकट काटेमा , बढी भाडा लिएमा र यात्रुसंग गाडी स्टाफले अभद्र व्यवहार गरेमा, सिट क्षमता भन्दा बढी यात्रु राखेमा, छतमा यात्रुहरु राखेमा यात्रु महानुभावहरूले फोन नम्बर १००, ०७७-४२०२३० र ९८५७०९०३५२ मा संपर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
उता जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्लाभर हिन्दुहरुको महान चाड बिजयादशमी ,तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षाव्यस्थामा कडाई गरेको छ ।