ढाकावाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सुरु

गोपाल भट्टराई 
असोज २२ अर्घाखाँची : भुमिकास्थान नगरको ढाकावाङ्गमा आजदेखी दुइ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिकाको कार्यालय र ढाकावाङ्ग वडा कार्यालयको आर्थिक सहयोग तथा लुम्बिनी सिटी हस्पिटल बुटवलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको हो । दुइ दिन सम्म चल्ने शिविरको आज एक कार्यक्रमका बिच नगर उप–प्रमुख खडानन्द वेल्वासेले उद्घाटन गर्नुभएको छ ।
शिविरको उद्घाटन गर्दै नगर उप–प्रमुख वेल्वासेले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो सम्पति भएको बताउंदै शरिर स्वस्थ राख्न खानपान र ब्यबहारमा ध्यान दिन आग्रह गर्नुभएको छ । ढाकावाङ्ग स्वास्थ्य चौकीका अध्यक्ष समेत रहनुभएका वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालको अध्यक्षता,मेघराज खनालको स्वागत मन्तव्य र खिम बहादुर राउतको संचालनमा सम्पन्न उद्घाटन समारोहमा बोल्दै वडा नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापाले आफुहरु जनताको काम गर्न जनप्रतिनिधि भएको प्रसङ्ग सुनाउंदै मौसम परिवर्तन संगै हुन सक्ने भाइरलको समस्यालाई निराकरण गर्न शिविरको आयोजना गरिएको बताउनुभएको छ ।
शिविरको पहिलो दिन आज ढाकावाङ्ग,गोखुङ्गा तथा छिमेकी जिल्ला प्युठानबाट समेत शिविरमा आएका झन्डै २ सय जनाले स्वास्थ्य जांच गराएको ढाकावाङ्ग स्वास्थ्य चौकीका अहेव तिलकराम भट्टराईले जानकारी दिनुभएको छ । स्वास्थ्य जांच गराउने अधिकांशमा हाड जोर्नी नशा तथा मानसिक रोगको समस्या देखा परेको भन्दै खानपानमा बिशेष ध्यान पु¥याउंदै मानसिक बोझलाई कम गर्ने योजनाका साथ अगाडि बढ्न डाक्टरहरुले सुझाव दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।