सुर्य भुसाल
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले शान्ति सुरक्षा अमन चयन कायम गराउनु प्रहरी प्रशासनको मुख्य जिम्मेवारी भएको बताउनु भएको छ ।
सन्धिखर्कमा ६३ औं प्रहरी दिवस को अबसरमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँची ले सन्धिखर्क स्थिति अाफ्नो प्राङ्गणमा अायोजना गरेको विशेष समारोह लाई सम्बोधन गर्दै प्रजिअ भुसालले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी विशेष गरि अर्घाखाँची प्रहरिले खेलेको भुमिका को उच्च प्रशंसा गर्दै प्रहरी र जनता बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने मा जोड दिनु भयो ।
उहाले अर्घाखाँचीमा कुनै पनि खालका घटनाहरु हुन नदिन प्रहरी प्रशासन सचेत रहेको बताउदै कुनै पनि खाले गलत गर्ने लाई सरकार को नियम कानुन अनुसार कार्बाहि गरिने बताउदै ,भुसालले जिल्ला का राजनीति दलहरु सन्चारकर्मि हरु नागरिक समाज सरोकारवाला हरुबाट अाफुलाई ठुलो सहयोग पुगेको बताउदै जनताको मालिक नभई सेबक बनेर काम गर्न कर्मचारी हरुलाई निर्देसन दिएको उल्लेख गर्दै शहिद प्रहरी हरु प्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रम विशेष नापि कार्यलयका प्रमुख खिम बहादुर राना अनुसन्धान उपनिर्देशक गोपाल पन्थि नेपाली सेनाका सेनानि निरज भन्डारि शसत्र प्रहरी नायब उपरीक्षक गोपाल श्रेष्ठ पाणिनि गाउपालिका प्रमुख प्रशासकिय अधिकृत तिलक गौतम भुमिका स्थान नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत हरि अर्याल छत्रदेब का प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त मालारानि गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र मरासिनि लगाएत उच्च तहका कर्मचारी हरुको सहभागी ता रहेको थियोे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेपका का नेता पिताम्बर भुसाल जनमोर्चाका नेता गो बिन्द बिसि राप्रपा का दिपक कुवर नया शक्ति पार्टी का टोप बहादुर बलाल विबेक सिल साझा पार्टी का हरि प्रसाद भुसाल परिबार दलका डिल्लि राज भुसाल अन्तरपार्टि महिला सन्जालका छमकुमारि खनाल लगाएतका नेताहरुले मन्तब्य राख्दै प्रहरी प्रसासनले गरेको काम प्रति अर्घाखाँची का जनताहरु राजनीति पार्टिहरु खुसि रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ का अध्यक्ष हिम जिसि पुर्व प्रहरी कर्मचारी सगठनका अध्यक्ष डिलाराम पान्डे उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ सामुदायिक सेवा केन्द्र का उपाध्यक्ष तोज बहादुर रायमाझी नेकपाका नेताहरु प्रेम नारायण गैर जनार्दन खनाल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ देखि १२ सम्मका वार्ड अध्यक्ष हरु समाज सेबि नागरिक समाज निर्माण ब्यबसाहि उधोगि व्यापारी कर्मचारी जनप्रतिनिधि वार्ड सदस्यहरु तथा सुरक्षा कर्मिहरु पन्डितहरु सन्चार क्रमिहरु को सहभागी ता रहेको थियोे ।
कार्यक्रममा कार्यक्रम का अध्यक्ष तथा प्रहरी नायब उपरीक्षक नबराज मल्ल ले प्रहरी माहानिरिक्षक बाट प्राप्त शुभकामना बाचन गरेर जानकारी गराउदै प्रहरी र जनता बिचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउदै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी सक्षम र सफल रहेको बताउदै मुस्कान सहितको प्रहरी सेवा दिन प्रहरी अधिकृत तथा कर्मचारी लाई निर्देसन दिएको बताउनु भयो ।