सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यलय अर्घाखाँची बाट नयाँ नोट सटाई सुरु भएको छ ।
बैकबाट अस्ती बुधबार र हिजो बिहीवार दिनभर सरकारी कार्यलयहरुले सटाई गरेको बैकका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
बैकबाट बिहिबार र शुक्रबार कर्जा, तथा निक्षेप ग्राहक तथा अन्य सरोकारवाला अाम सर्बसाधण ब्यक्तिहरुलाई नोट बितरण गरिने म्यानेजर न्यौपानेले बताउनु भयो ।
न्यून तथा मध्यम अाय भएका परिबारलाई ध्यानमा राख्दै प्रति ब्यक्ति २००० का दरले चार हजार जनालाई साना दरका नयाँ नोट अाउदो अाईबार बितरण गरिने भएकोले बैकमा सम्पर्क राख्न अाफुले अाग्रह गरेको जानकारी दिनु भयो ।