सुर्य भुसाल
भुमिकास्थान, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम बहादुर थापाले ले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा महिला लक्षित कार्यक्रम महिला सशक्तिकरण कार्यक्रम तथा कृर्षि पसुपालन सिपमुलक तालिम तथा स्वास्थ्य क्षेत्र लाई अाफुहरु ले पहिलो प्राथमिकता दिएको बताउनु भएको छ ।
भुमिका स्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ रहेका विभिन्न उपभोक्ता समिति का पदाधिकारी तथा सदस्य हरुका लागि अायोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले समुन्नत हराभरा नगरपालिका बनाउन अाफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो ।
कार्यक्रममा नगरउपप्रमुख खडान्द बेल्वासेले नगरपालिका भष्टचार मुक्त सुन्दर सफा हराभरा बनाउने अभियानमा लाग्न नगरबासि लाई गर्नु भयो ।
उपप्रमुख बेल्वासेले बिकाश निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकाश निर्माण कृर्षि पशु पर्यटन लाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अभिकृत हरि अर्याल कार्यक्रम अधिकृत हरिषचन्द भुसाल प्राबिधिक जितेन्द्र श्रेष्ठ वार्ड अध्यक्ष वार्ड सदस्यहरु उपभोक्ता हरुको सहभागिता रहेको थियोे ।