सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले कुरा गरेर खाने जमनाको अन्त्य भएको बताउनु भएको छ । उहाले हराभरा नगरपालिका बनाउने माहान अभियानमा लाग्न सबैलाई अाग्रह गर्नु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ को किमडाँडामा रहेका विभिन्न निर्माण गरिएका बाटाहरुको अनुगमन गर्दै नगरउपप्रमुख बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले भष्ट चारको अन्तय सुसासन निर्माण पारदर्शिता कायम गर्न उपभोक्ताहरुलाई अाग्रह गर्नु भयो ।
उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो योजनाहरुबाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने दाबि गर्नु भयो ।
शाखा अधिकृत गोबिन्द केसी वार्ड अध्यक्ष ईश्वरीप्रसाद भुसाल वार्ड सदस्य नारायण अर्याल लगाएत को उपस्थिति रहेको थियोे ।