अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

श्याम घिमिरे 
असोज २७ अर्घाखाँची : अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको तेस्रो बार्षिक साधारण सभा तथा राष्ट्रिय सहकारी बैंक बुटबल शाखाको आयोजनामा सनिबार सदरमुकाम सन्धिखर्कमा परीचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पिताम्बर भुसालले सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्नुपर्ने बताए । स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिदै भुसालले आर्थिक समृद्धि बिना देशको बिकास गर्न नसकिने कुरामा जोड दिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक, पाणीनि गाँउपालीका अध्यक्ष अच्युत गौतम,छत्रदेब गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल,राष्ट्रिय सहकारी बैंक बुटबल शाखा प्रमुख नरेश पाण्डे,जिल्ला सहकारी संघका तुल्सीराम खनाल,जिल्ला कृषि सहकारी संघका ढुण्डीराज ज्ञवाली लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । सोही अबसरमा जिल्लामा सहकारीको बर्तमान अवस्था चुनौती र अवसर बिषयक कार्यपत्र समेत प्रस्तुत गरीएको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,पार्बती भुसालको स्वागत मनतब्य र दोर्ण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।