डिआरजी सुमन
मैदान ,अर्घाखाँची (अर्घाखाँची डट्कम) काठमाण्डौमा अस्थायी तथा स्थायी रुपमा विविध उद्देश्यले बसोबास गर्ने मैदानवाँसीहरुको सहयोगमा पाणिनी गाउँपालिका ५ स्थित गौरीदेवीको मन्दिरमा मुर्ति भित्राउने कार्यक्रम सम्पन्न भएको छ ।
मैदानको माँझ पिपलमा रहेको ऐतिहासिक मन्दिरमा समाजसेवी दोलकराज गैरेको मुख्य पहलमा मन्दिरमा मुर्ति राख्ने कार्य बुधबार सम्पन्न भएको हो ।
वडादशैको अष्टमीको अवसरमा पञ्चे बाजागाजाका साथमा भव्य रुपमा मनकामना मन्दिर परिक्रमा गराई गौरीदेवी मन्दिरमा मुर्ति भित्राईएको थियो । मुर्ति ल्याउने कार्यमा गणेश गैरे,महेश गैरे,खिमा अघिकारीको विशेष भूमिका रहेको युवानेता हेमन्त घिमिरेले अर्घाखाँची डटकमलाई बताउनु भयो ।
पाणिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे,मन्दिर व्यवस्था संरक्षक समितीका सदस्य पण्डित यादव प्रसाद घिमिरे, नेत्र प्रसाद गैरे,विष्णु घिमिरे,नारायण गैरे, नेता ईन्द्रमणी घिमिरे,शिक्षक टेक नारायण गैरे लगायत स्थानीय वाँसीको उपस्थिति रहेको थियो ।
तस्वीर : डिआरजी सुमन/अर्घाखाँची डटकम्