पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीको तदर्थ समिती गठन अध्यक्षमा गौतम


डिआरजी सुमन

 
दुर्गाफाट,अर्घाखाँची (अर्घाखाँची डट्कम) कला र संस्कृतिको माध्यमवाच समाज विकासको लागी योगदान पुराउने उद्देश्य लिएर  पाणिनी गाउँपालिकामा रहेका कलाकारहरुको भेलाले पाणिनी कलाकार कल्याणकारी समाजको तदर्थ समिती गठन गरेको छ ।

गाउपालिकाको केन्द्र रहेको दुर्गाफाट स्थित दुर्वाश्वर सभाहलमा पालिका उपाध्यक्ष लक्ष्मी गौतमको प्रमुख आथित्यता डिआरजी सुमनको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्ययक्रमा  प्रमुख अथिति गौतमले कलाकारको हक हित र कलाको संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छन । कार्यक्रमले टिकाराम गौतमको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती गठन गरेको छ जस्को बरिस्ठ उपाध्यक्षमा सपन कुमार नेपाली उपाध्यक्षमा बिजय सुनाम , महिला उपाध्यक्ष मा लिला पल्ली , महासचिव तिलक बेल्वासे , सचिव बिकास भट्टराई सहसचिव मा वसन्त लम्साल कोषाध्यक्ष योगराज पोख्रेल,सह कोषादक्ष्य रुकमीणा घिमिरे लगाएत रहेका छन । यस्तै शिलत एमसी ,मनिसा रेश्मी,मुक्ति गौतम,काँसीराम भट्टराई,सीता घिमिरे,कमला विसी,कविता परियार,नवराज घिमिरे,गुणनीधी घिमिरे,रुरु सागर,नीराजन रसाईली,वुद्धी विक विशुद्ध,मधु विक कार्य समिती सदस्य रहेका छन भने निर्मला नेपाली संस्थापक सदस्य निर्वाचित भएका छन ।

त्यस्तै समाजले स्वतन्त्र पत्रकार अर्घाखाँची डट्कमकर्मि डिआरजी सुमन लाई संरक्षकको जिम्मेवारी प्रदान गरेको छ । स्थानीय वासी तथा पत्रकार दिपक भुसाल ,माधव बेल्बासे लगायतको उपस्थिति रहेको कार्यक्रम कलाकार तिलक बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर – डिआरजी सुमन /अर्घाखाँची डटकम्