मानब अघिकार तथा शानित समाज अर्घाखाँचीको अध्यक्षमा असोक पौडेल चयन

सुर्य भुसाल 
सन्धिखर्क । मानब अघिकार तथा शानित समाज अर्घाखाँचीको अध्यक्षमा असोक पौडेल चयन भएका छन् शान्ति समाजको आज सम्पन्न छेठौ साधारण सभा तथा तेस्रो जिल्ला अबिधेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समितिको निविरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माया भुसाल सचिब नेत्र प्रसाद मरासिनी सहसचिब सुरज रायमाझी कोषाध्यक्षमा रुद्रमणी भुसाल निविरोध निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा रेखा विश्वकर्मा भावना मगर लक्ष्मण घिमिरे विष्णु खनाल कमला पोेख्रेल सागर महत लगायत रहनुभएको छ । अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघको जिल्ला सदस्य तथा नेपाल पे्रस युनियनको केन्द्रिय पार्षद रहि काम गदै आउनुभएको थियो भने उहाँ टि.मी टुडे तथा रुपन्देही सन्देशमा क्रियाशिल पत्रकार हुनुहुन्छ ।
कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले मानब अघिकार को रक्षा र प्रर्बद्धनको निम्ति एकजुट भएर अघि बढ्ने बताए कार्यक्रममा मन्तब्य राख्दै शान्ति समाजका निर्वतमान अध्यक्ष विष्णु प्रसाद भुसालले सरकारले मानब अघिकारको गम्भीर उल्लगन गरेको बताउनुभएको छ । 
कार्यक्रममा पत्रकार महासंघका ५ न प्रदेशसमा सदस्य प्रेमनारायण आचार्य जिल्ला सचिब सूर्य प्रसाद भुसाल क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपाली लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो ।