अर्घाखाँचीमा बाणिज्य बैकले सबै ग्राहकको मन जित्न सफल

सुर्य भुसाल 
सन्धिखर्क । बैकिङ क्षेत्रमा अर्घाखाँचीमा बाणिज्य बैकले सबै ग्राहकहरुको मन जित्न सफल भएको छ ।
जिल्लामा धेरै प्राईबेट बैकहरु स्थापना भएपनि बाणिज्य बैकको महत्त्व दिनप्रतिदिन बढदै गएको देखिन्छ ।
सन्धिखर्कमा रहेको बाणिज्य बैकले अाफ्ना सेवाहरु प्रभाबकारि ढगले दिन थाले पछि ग्राहकहरु झन अाकर्षित भएको स्थानिय ग्रहाक हरु बताउछन ।अहिले बैकले गाडी कर्जालाई प्राथमिकतामा राखेको बैकका म्यानेजर गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
बैकले विभिन्न खालका दसै तिहार अफरहरु सन्चालन गरेको ले बैकबाट सुबिधा लिन अाफुहरुले अाग्रह गरेको म्यानेजर न्यौपानेले बताउछन ।बैकबाट दिन प्रतिदिन सेबा लिने ग्राहकहरुको सख्या बृर्दि हुनुमा म्यानेजरको पपुलारिटि भएको स्थानिय को बुझाई छ ।
बाणिज्यमा न्यौपाने प्रबेस गरेपछि झन्डै २० बर्ष  हराएको अर्थात जिल्ला बन कार्यलयले अतितक्रमण गरेको जग्गा सरक्षण गर्नु पनि निकै ठूलो उपल्ब्धि को रुपमा अर्घाखाँची बासिले लिएका छन ।
जिल्ला बन कार्यलय अगाडिको जग्गा राष्ट्रिय बाणिज्य बैकको भएपनि त्यो जग्गा सरकारबाट अतिक्रमण हुन पुगेको थियोे ।
बैकको जग्गामा अहिले पनि बन कार्यलयले मन्दिर निर्माण गरेको र केही भागमा बाल उठाई बनले अाफ्नो कब्जामा लिएको जग्गा न्यौपाने को पहलमा जग्गामा तारबार लगाई सरक्षण गरिएको छ ।
सरकारबाटै सरकारि सम्पति अतिक्रमण हुनु ले सामान्य नागरिकले सरकारि जग्गा कब्जा गर्नु त कुनै नौलो कुरा हैन भन्ने स्पष्ट बुझिन्छ ।न्यौपानेले जग्गा मात्रै होइनन् बैकभित्रका ढिला सुस्ति अन्तय गरेका छन ।अहिले बैकमा पुगे पछि ग्राहकहरु ले ५ मिनेटमा सेवा पाउँदा अाफुहरु खुसि भएको नवीन बिकको भनाई छ ।