अर्घाखाँचीमा प्रेस युनियनको सभापतिमा केसी निर्वाचित

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घाखाची – नेपाल प्रेस युनियन अर्घाखाँचीको सातौं जिल्ला अधिवेशनले वीरेन्द्र केसीको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्वत चयन गरेको छ । 
युनियनको सभापतिमा निर्वाचित केसी विगत डेढ दशकदेखि विशद्ध व्यावसायीक पत्रकारितामा क्रियाशिल रहेर अप्ठयारा चुनौतीको सामाना गर्दै सत्य तथ्या घटनालाई समाचारको रुपमा जनता सामु पु-याउन सफल व्यावसायीक सञ्चारकर्मीको रुपमा परिचित छन । केसी कान्तिपुर दैनिकका उपसम्पादक हुन । 
युनियनको सभापति, उपसभापतिमा शान्ता खासु र सरिता भुसाल छन । सचिवमा विष्णुप्रसाद खनाल, सह-सचिव तेजेन्द्र पाण्डे, कोषाध्यक्ष मेलिनासिंह ठकुरी चयन भएका छन । 
त्यस्तै सदस्यमा सागर महत, विक्रम पाण्डे, रेखा विक, कमला घिमिरे, गिता भण्डारी, भुवनेश्वर अधिकारी र मदन नेपाली छन । केन्द्रिय पार्षदमा निमबहादुर रिजाल, प्रेमनारायण आचार्य, अशोक पौडेल, रुद्रमणि भुसाल, लक्ष्मण घिमिरे, नारायण पोखरेल, घनश्याम पौडेल, माया भुसाल, कमला पोखरेल र विष्णु भुसाल छन । 
प्रदेश पार्षदमा सुर्यप्रसाद भुसाल, शेषकान्त पोखरेल, इन्द्रलाल रेग्मी, सुवदेव बेल्वासे, नेत्रप्रसाद मरासीनि,युवराज पाण्डे, मनिष अधिकारी, सुरज रायमाझी, ज्ञानहरी पराजुली, सुरज घिमिरे, उमेश घिमिर, प्रतिमा पाण्डे, भावना मगरर  सिता घिमिरे छन ।