शोभाखर पन्थी
अर्घाखाँची कार्तिक ४ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
नेपाली नागरिकले स्थिर सरकार मार्फत विकास र समृद्धि चाहेकोमा वर्तमान सरकारले जनताको मनोभावना बुझेर अघि बढ्न नसकेको उनले बताए । नेपाल प्रेस युनियन अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उनले प्राकृतिक साधन र श्रोतले संसारकै उत्कृष्ट राष्ट्र हुँदा हुँदै पनि राजनीतिक अर्कमण्यता कारण मुलुकले आर्थिक विकास गर्न नसकेको बताए ।
अमेरिका बन्नु भन्दा आठ वर्ष अघि वनेको देश नेपालले विदेशीको मुख ताक्नु पर्ने बाध्यता रहेको बताउँदै उनले भने ‘हिउँ नै हिउँले बनेको युरोप संसारकै स्वर्ग बन्दा संसारकै सुन्दर देश नेपालका युवाहरु कामको लागि ५० डिग्री तापक्रम भएको अरबमा जानु लज्जास्पद हो ।’ उनले स्पष्ट विचार र दुरदर्शी दृष्टिकोणबाट अघि वढेमा मात्र देशको विकास गर्न सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा केहि गर्नु पर्छ भन्ने भावना भएपनि स्वयं उहाँका सहयोगीहरुनै उहाँलाई असफल बनाउन लागेको उनले बताए । विभिन्न दलको शिर्ष नेतृत्वमा रहेका नेताहरुले एक मधेश एक प्रदेशको एजेण्डामा हस्ताक्षर गरि राष्ट्रलाई गम्भीर संकटमा पारेको बेला आफूहरुको संघर्षले ५ नंं प्रदेश टुक्रनबाट बचेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओली र आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै उनले प्रधानमन्त्री मन्त्री उखान टुक्का हाल्दै बोलेको बोल्यै गर्ने र विपक्षी दलको प्रमुख नेता बोल्दै नबोल्ने प्रवृतिका कारण नेपाली जनता आजित भएको उनले बताए । नेता भण्डारीले वर्तमान सरकारलाई पुरै पाँच वर्ष चल्न दिनु पर्ने भन्दै पाँच वर्ष पछि जनताले कम्युनिष्टहरुको वास्तविक रुप बुझ्ने धारणा राखे । केपि शर्मा ओलीका कारण कम्युनिष्टहरुले दुई तिहाइ वहुमत ल्याएको बताउँदै उनले ओलीकै कारण सकिएर जाने दाबी गरे । झुट्टा नारा र खोक्रा भाषणले क्षणिक अवधिका लागि जनतालाई झुक्काउन सकेपनि वास्तविकता वुझेपछि जनताले तिरस्कार गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले ठूला÷ठूला आश्वासन दिएपनि नेपाली जनताका आधारभूत आवश्यकता गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा कुनै चाँसो नदेखाएको उनले आरोप लगाए ।
एक फरक प्रसंङ्गगमा नेता भण्डारीले कांग्रेसलाई जनतामा स्थापित गरि शुद्धिकरण गर्नका निम्ति युवाहरु लागि परेको बताए । उनले महासमिति वैठक पछि कांग्रेसले नयाँ शिराबाट काम गर्ने बताउँदै पार्टी नेतृत्वमा क्षमतावान व्यक्तिहरुलाई पु¥याउनु पर्ने धारणा राखे । मूलुकमा राजनीतिक क्रान्ति सफल भएपनि आर्थिक र सामाजिक रुपमा जनता निकै पछि परेको भन्दै उनले भने ‘नेता धनी हुने र जनता गरिव हुने परिपाटीको अन्त्य गरिनुपर्छ ।
’ प्रेस युनियन जिल्ला सभापति वीरेन्द्र क.ेसी.को अध्यक्षता र मेलिना सिंह ठकुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, उपसभापति शान्ता भण्डारी, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, सिता भुसाल, प्रेस युनियनका केन्द्रीय पार्षद घनश्याम पौडेल लगायतले समेत मन्तव्य राखेका थिए ।