अर्घाखाँचीमा हत्या गरेको १५ बर्ष पछि अभियुक्त पक्राउ

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड नम्बर-८ नुवाकोट सुर्सिङ्गका जित बहादुर नेपालीलाई आफ्नै दाजुको हत्या गरेको १५ बर्ष पछी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
२६ बर्षिय जित बहादुर १५ बर्ष पछी दशैँ मनाउन गोप्य रुपमा आफ्नो ससुराली गाउँ सन्धिखर्क नगरपालिका वार्ड ४ वाङ्गलाको टुनीपोखराबाट हिंजो कात्तिक ४ गते गोप्य सुचनाको आधारमा पक्राउ गरि कारबाहीको प्रक्रिया अघाडी बढाएको प्रहरी निरिक्षक खिम बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।
अभियुक्त जित बहादुर नेपालीले २०६१ साल मङ्सिर ६ गते आफ्नै दाजु ३६ बर्षिय हिम बहादुर नेपालीलाई निर्ममता पुर्वक कुटपिट गरि हत्या गरेका थिए । हत्यापछी फरार भएका जितबहादुर बिगत १५ बर्षदेखि भारतको कानपुर लगायत बिभिन्न ठाउँमा लुकिछिपी काम गर्दै आएका थिए ।
जित बहादुर अहिले प्रहरी हिरासतमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनु भयो ।
१८ कार्तिक, लक्ष्मण घिमिरे । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट सुर्सिङ्गका २६ बर्षिय जित बहादुर नेपालीलाइ आफ्नै दाजुको हत्या गरेको १५ बर्ष पछी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
जित बहादुर १५ बर्ष पछी दशैँ मनाउन गोप्य रुपमा आफ्नो ससुराली गाउँ सन्धिखर्क नगरपालिका–४ वाङ्गलाको टुनीपोखराबाट हिंजो कात्तिक ४ गते गोप्य सुचनाको आधारमा पक्राउ गरि कारबाहीको प्रक्रिया अघाडी बढाएको प्रहरी निरिक्षक खिम बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।