लक्ष्मण घिमिरे
बाँगी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक युवाले आत्महत्या गरेका छन ।
मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा ३१ वर्षिय ठाकुर क्षेत्रीले झुण्डिएर आत्महत्या गरेका हुन ।
ठाकुर क्षेत्रीको शव कात्तिक ५ गते सोमबार बिहान घरदेखि तलपट्टि रहेको दबदबेको रुखमा झुण्डीएको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए ।
ठाकुरका ३ बर्षिय छोरा र श्रीमती रहेका छन । मृतक क्षेत्रीको शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा राखिएको छ ।
घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरि नायब उपरिक्षक नवराज मल्लले जानकारि दिनुभयो ।
केहि वर्ष यता अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या निरन्तर बढीरहेको छ ।