सुर्य भुसाल
अर्घाखाँची । अर्घाखाँचीका धेरै सरकारी कार्यालयहरु बाहिर जिल्ला जाने खबर गाउँ- गाउँमा पुगे संगै स्थानिय जनताहरु चिन्तित हुन थालेका छन ।
अर्घाखाँची जिल्लामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पा जाने निश्चित भएसँगै यहाँ ठूलो खानेपानीको समस्या हुने भएको छ ।
जिल्लाको सबैभन्दा धेरै बिकास गर्ने कार्यालय जिल्ला प्राबिधिक कार्यालय अर्घाखाँचीबाट हटेर पाल्पा जाने भएपछि अर्घाखाँचीमा बिकासका कामहरु पुर्ण रुपमा प्रभाबित हुने भएको हो ।
अर्घाखाँची जिल्लामा कृर्षि कार्यालय हटेर कृर्षि ज्ञान केन्द बनेपनि यसमा बजेट अभाब छ कामहरु प्रभाबित छन । जिल्लाको सालझन्डि ढोरपाटन सडक यहाँ रहेपनि सडक कार्यलयमा पैसाको अभाब छ । काम गरेजतिको जन-तन गतबर्ष रकम भुक्तानी भएपनि यसबर्ष अहिले सम्म टेन्टर हुन नसक्दा बिकासले गति लिने सम्भाबना निकै कम छ ।
जिल्लामा सिचाई डिभिजन रहपनि बजेटको टुङगो नहुदा टेन्डर प्रकिया रोकिएका छन । जिल्ला भसंरक्षण कार्यालय हट्दा जलाधार सम्बधित काम पुर्ण बन्द छन । जिल्लामा अाठ जना सासद तथा प्रभाबसाली नेताहरु टोप बहादुर रायमाझी, मान बहादुर बिश्वकर्मा, पुस्पा भुसाल, केन्द्रीय सासद छन भने चन्द बहादुर खड्का राष्ट्रिय सभाका सदस्य छन ।
चेतनारायण अाचार्य रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्रि, जाल्पा भुसाल प्रदेस सासद छन । जिल्लाका धेरै सासद रहेको जिल्ला अर्घाखाँची पर्दछ तर । अर्घाखाँचीका सबै बिकासे कार्यालयहरु जिल्ला बाहिर जानुले नेताहरुले पहल गरेकि गरेन्न जनताले प्रश्न गर्न सुरु गरेका छन ।
केही कार्यालयका कर्मचारीले अहिलेसम्म दशै पेश्कि तथा तलब समेत पाएका छैनन् ।