वल्कोटमा दशै विशेष कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य 
अर्घाखाँची, ७ कात्तिक । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले कला र संस्कृति बचाउँन गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ । सामाजिक विकासको लागि हाम्रो पहल बल्कोट समाज सुधार युवा क्लबद्वारा आयोजित दशै विशेष सांस्कृतिक कार्यक्रममा पोख्रेलले छुवाछुत प्रथा हटाई समाज सुधारको लागि क्लबले खेल्ने भुमिकामा सहयोग गर्ने बताउँनुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, प्रकाश सपूत, मधुसुदन बन्जाडे, जीवन परियार, पुरषोत्तम पौडेल, सुनितामि परियार, कृष्ण सापकोटा, नमराज पाण्डे, मोहन सुनार, अमृता भटराइ, हास्यकलाकार भुवनेश्वर अधिकारी (काग) लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।
बल्कोट पौवा हाम्रो पहिचान, संस्कृति बचाउने हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमबाट दलित, गरिब, अपाङ्ग, असहायहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमको उद्वेश्य रहेको छ ।
बल्कोट पौवामा आयोजित कार्यक्रममा ,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, कांग्रेसका जिल्ला सचिव विष्णु भुसाल, वडा अध्यक्षहरू राजेश पन्थी, प्रकाशचन्द्र पन्थी, कमल पौडेल, अशोककुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य पिताम्बर खनाल, पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल, तरूण दलका जिल्ला अध्यक्ष नारायण खड्का, पत्रकार प्रेमनारायण आचार्य, घनश्याम पौडेल लगाएतको अतिथ्यता रहेको थियो ।
छत्रदेव गाउँपालिका सहित अन्य जिल्ला भरका हजारौ दर्शकहरूले मनोरञ्जन लिए । कार्यक्रम क्लवका अध्यक्ष मनोज भुसालको अध्यक्षता, अशोक पौडेल र तिर्सना पन्थीको संयुक्त सञ्चालनमा सम्पन्न भएको हो ।