बसन्त श्रेष्ठ ‘छापेली‘
अर्घाखाँची । जिल्लाको महत्वपूर्ण योजनाको रूपमा रहेको हिमाल पहाड र तराई जोड्ने सालझण्डी ढोरपाटन सडकमा कर्मचारीको मिलोमतो रहेको एक कार्यक्रमका बक्ताले बताएका छन ।
लामो समय देखि समयमा काम गर्न नसकेको सालझण्डी ढोरपाटन सडकको ठेक्का पाएको बि टि जयबाबा जेभी कन्ट्रक्सनलाई कारबाही गर्न जिल्ला प्रशासनले परिपत्र गरेपनि सालझण्डी ढोरपाटन सडकका इन्जिनियर होम बहादुर एसीले कुनै कारबाही नगरेको प्रमुख जिल्ला अधिकार खिमरमज भुसालले बताउनुभयो । उहाँले कार्यलय प्रमुख एसीलाई पटक पटक आग्रह गरेपनि कार्यलय प्रमुखको बैठकमा स्वयम आफु नै उपस्थित नहुने गरेको प्रष्ट पार्नुभयो । प्रजिअ भुुसालले कार्यलयको प्रगति विबरण सहित उपस्थित हुन परिपत्र गरेको भएपनि कार्यलयमा उपस्थित नभएको खुलासा भएको हो । एसीले अन्य कर्मचारीलाई पढाउने गरेको छन ।
सालझण्डी ढारेपाटनका कार्यलयमा प्रमुख होमबहादुर एसीले आफुु उपस्थित नभई अन्य कर्मचारीलाई पठाएपछि बैठकमा एसीले ठेकेदारबाट रकम लिएर कारबाही गर्न नसकेको सरोकारवालाले बताएका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने कार्यालय प्रमुखलाई कारबाही गर्न चेतावनी पनि दिनुुभएको छ । आचार्यले जिल्लाको सबै सम्यन्त्रले चाहदा पनि काम नगर्ने ठेकेदारको इजाजत खारेजी देखि कडा कारबाही गर्ने प्रक्रियामा कार्यलय प्रमुख होम बहादुर एसी पछाडी परेको श्रोतको भनाई छ । उहाँल े कार्यलय प्रमुखको पदमासी तत्काल तोडिनु पर्ने बताउनुभयो ।
कार्यलय प्रमुख एसीले ठेकेदारबाट कमिशन खाएर कारबाही गर्नबाट पछाडी हटेको भन्दै चर्को आलोचना भएको छ । प्रदेश सभा सदस्य राजमी प्रसाद घिमीरेले कार्यलय प्रमुख एसीले ठेकेदारबाट पैसा लिएर ठेकेदारलाई कारबाही गर्ने प्रक्रियामा चुकेको आरोप लगाउँदै कमीशन लिने कर्मचारीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गर्नुभयो । उहाँले कार्यलय प्रमुख ठेकेदारसँग मिलेको ठोकुवा पनि गर्नुभयो ।
सडक निर्माणको लागि पाल्पाको कन्चन खोला देखि देखि अर्घाखाँचीको ढोडेखोला सम्म सडक ग्राभेलाकालागि बिटी जयबाबा कन्ट्रक्सन स्वयम्भु काठमाण्डौले २०७१ सालमा ४ करोड ९३ लाख ९६ हजार ८ सय ४८ रुपैया ५४ पैसामा ठेक्का पाएको थियो । जसमध्ये केही मात्रै काम गरेर १ करोड २२ लाख ८९ हजार भुत्तानी पाइसकेको छ । यसरी काम नै पुरा नगरी भत्तानी दिन सडक योजनाका कर्मचारीले कमिशन लिने गरेको पाइएको श्रोतको दाबी छ ।
केही समय अगाडि समयमा काम नगरेको भन्दै समयमा काम नगर्ने ठेकेदारका प्रतिनिधीलाई पक्राउ गरिएको थियो । केही समय थप गराएर काम लिखित प्रतिबद्धता जनएको भएपनि यस्ता ठेकेदारले तोकेको समयमा काम नगर्ने गरेको पाइएको छ ।