सिद्दाराका सामुदायिक वनका करोडौ पर्ने सालका काठहरु कुहेर नष्ट हुँदै

Image result for सिद्दारा  वन ARGHAKHANCHI

सुर्य भुसाल 
सिद्दारा । अर्घाखाँची जिल्ला को शितागंगा नगरपालिका अन्तरगतका सिद्दारामा रहेका केही सामुदायिक बनको करोडौ पर्ने साल तथा विभिन्न प्रजातिका काठहरु कुहेर नष्ट हुने अन्तिम चरणमा रहेका छन ।
बिगत लामो समय अगाडि सामुदायिक बन बाट सकलन भएका काठहरु बर्षौ सम्म घाटघद्दि स्थलमा रहेपछि कुहेर नष्ट हुने अबस्थामा पुगेका छन ।सामुदायिक बनबाट उत्पादन गरिएको काठहरु ठेकदारले नउठाए पछि यस्तो समस्या उत्पन्न भएको हो ।
नाम मात्रका सामुदायिक बनका पदाधिकारी हरु देखाउने तथा ठेकदारले काठ अाफुले पैसा लगानि गरेको बाहानामा बनाउदै न्युनतम मुल्यमा काठ लैजादै अाएका केही ठेकदारले जिण भएको काठ उठाउदा घाटा लाग्ने बाहानामा करोडौं को काठ सडेर जान लागेको हो ।
सिद्दारा गाबिसमा रहेका धेरै सामुदायिक बनहरु बाट करोडौंको काठ बिक्रीवितरण भएपनि त्याहाका समुहका पदाधिकारी हरु को प्रगति शून्य छ भने सिङकिको मुल्यमा काठ उठाउने ठेकेदारहरु बर्षौ देखि करोड पति हुदै अरबपतिमा पुगेको स्थानियले बताउछन ।अहिले सिद्दारा तथा डोहोटेका केही सामुदाबनहरु बन कार्यलयका बिकास फाटमा बस्ने तथा फिल्डमा बस्ने कर्मचारी कार्यलय प्रमुखहरु मिलेर अनावश्यक हरिया काठहरु काट्ने बाहानामा केन्द्रीय पोलिसि भन्दै बैज्ञानिक बन ब्यबस्थापन का नाममा फेरि ठेकदारहरु रातारात करोडौं कमाउने दाउचक्रमा छन ।बजार मार्केटमा ३२ सय देखि चिरान ४२ सयमा बिक्रीवितरण हुने सालकाठ याहाका समुहहरु बाट हालसम्म १६ सय भन्दा माथिको भाउमा बिक्रीवितरण नभएको बनकार्यलय तथा सामुदायिक बनको श्रेसताहरु मा उल्लेख छ ।
सामुदायिक बनहरु बाट जिल्ला मा कुनै काठ खपत नहुने बाहाना बनाउदै राम्रो काठहरु समुहले लिलाम बिक्रि गर्ने गरेका छन अर्घाखाँची को साबिक सिद्दारा बाट मात्रै बर्षमा ५० हजारभन्दा बढि क्युफिट काठ बिगतका बर्षअरुमा गरेको रेकडमा उल्लेख छ तर हालसम्म कुनै सामुदायिक बनको काठको सुचना सार्बजनिक भएको र ठेक्का पट्टा गर्दा कम्पोटिसन अर्थात हाल सम्म कुनै सामुदायिक बनबाट  ५ भन्दा बढि सप्लायस्ले ठेक्का फर्म किनेको रेकर्डमा देखिदैन ।सामुदायिक बनबाट उठेको न्यून अाम्दानि पनि बालुवामा पानी जस्तै भएको छ ।समुहको खातामा रहेको पैसाबाट पनि ठेकदारले विभिन्न बाहाना बनाई धरौटी तथा कटान मुछान लोड अनलोड भनी उल्लटो पैसा फिर्ता लैजाने गरेको बुझिएको छ ।सिद्दारा ठाडा जुकेनामा लाखौं को काठ बेच्ने समूह हरुबाट ठुलो मात्रमा अार्थिक चलखेल भएको छ ।
अर्घाखाँची जिल्ला बनकार्यलय का कर्मचारी हरुको मिलेमतोमा यसरी अर्घाखाँची को सम्पचि कौडिको मुल्यमा जादा समेत अख्तियार लगाएतका सम्बन्धि निकाए मौन छन ।सामुदायिक बनहरु बाट बिगतका बर्षमा ढलापढा सुख्खा खडा निकालिने गरिएको भएपनि अहिले बैज्ञानिक बन ब्यबस्थापन का नाममा हरिया रुखहरु धमाधम काटि कागजि प्रक्रिया मिलाई बिक्रीवितरण गरिएको छ ।सिद्दारा लगाएतका ठाउहरुमा काठ यसरी बेच्ने गरेपनि सामान्य ठाडामा रहेका फर्निचर उधोगहरुमा छापा मार्ने र पुजि नभए का ब्यापारिलाई तरसाउने गरेको देखिन्छ ।बर्षौ देखि काटिएको काठ समुहले पटक पटक गोप्य सुचना निकाल्ने काठ राम्रो नभएको बाहानामा ठेकदारले काठ नलैजाने गरेको कारण ठेकदार र बनका केही अधिकृतहरुअधिकृ त हरुको कुरा नमिल्दा अाफुहरुले उठाउन नसकेको एक ठेकदारले अाफ्नो नाम नबताउने सर्तमा डटकमलाई बताएका छन ।
सबैभन्दा महत्त्वपूर्ण कुरा सबै सामुदायिक बनको खाता रोक्का गरि बिगत बर्षौ देखि बेचेका काठहरुको रकम सदुपयोग भएको छ वा छैन ठेकदारले कति बर्षदेखि कुन मुल्यमा लगेको छ भन्ने कुरा सार्वजनिक गर्नु बन कार्यलयको इमानदारी हुने छ ।घरकाज को काठ दिने नाममा नबिकेका दुला परेकाकाठ समयमा नदिने गरेको अर्घाखाँची बासिको गुनासो छ ।