सन्धिखर्कको मुटुमा रहेको शान्तिबगैचाबाट उदारण लिनु पर्नेमा व्यवसायी बन्जाडेको जोड

सुर्य भुसाल 
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को मुटुमा रहेको शान्ति बगैँचा नेपालकै नमुना काम भएको बोल्ने बक्ताहरुले दावी गरेका छन ।
शान्ति बगैचामा अायोजित कार्यक्रममा बोल्दै निर्माण समितिका अध्यक्ष एबम बरिस्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडेले उपभोक्ताहरुले गर्ने काम कस्तो र कति पार्दर्सिता हुनु पर्छ भन्ने कुरा शान्तिबगैचाबाट  उदारण लिनु पर्नेमा जोड दिनु भयो ।
उहाले शान्ति बगैँचा गत बर्षको ३५ लाख र यस  बर्षको २० लाख गरि ५५ लाखको लागतमा अहिले पनि काम रनिङ तथा निरन्तर चलिरहेको बताउदै हाल सम्म १ करोड २० लाखको प्राबिधिक ईस्टमेट अनुसार  काम भएको भएको बताउनु भयो ।
बन्जाडेले यस्ता खालका कामहरु भएको ठाउँमा बाहिर जिल्लाका उपभोक्ताहरुलाई ल्याई अनुगमन गराउनु पर्ने बताउनु भयो । उहाले बगैँचा मात्रै नभई अब सबै नगरबासी जिल्ला बासिहरु कृर्षि क्रान्तिमा लागि बेरोजगारी समस्या समधान तर्फ केन्दित हुनु पर्नेमा अाफुहरु समेत लागेर अगाडि बढनु पर्ने बताउनु भयो ।
उहाले अर्घाखाँची जिल्लाको समस्या सिचाइ खानेपानी गुणस्तरीय शिक्षा स्वास्थ भएको बताउदै अब त्यसको बिकास लागि सरोकारवालाहरु एकजुट भएर जिल्लाको बिकासमा  लाग्न अाग्रह गर्नु भयो ।
शान्तिबगैचा   निर्माण समितिको प्रतिबेदन सार्वजनिक प्ररिक्षमा प्रस्तुत गर्दै बन्जाडेले हाल सम्म गरेका योजनाहरुका बारेमा भनाई राखेका थिए ।