ऐतिहासिक झुमादेबी मन्दिर मैदानमा २४ घण्टे अखण्ड हरि कृतन सम्पन्न


दिनेश रदिफ गैरे

मैदान,अर्घाखाँची (अर्घाखाँची डटकम् ) जिल्ला को पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदान काफलबुटा मा रहेको पर्यटकिय स्थल तथा ऐतिहासिक मन्दिर झुमादेबी मन्दिरमा बिगत का बर्ष हरूमा जस्तै यस बर्ष पनी २४ घण्टे अखण्ड हरि कृतन सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न ठाउँबाट आएका कृतन समुह ले दुई दुई घण्टासम्म हरि कृतन गाएर सहयोग गर्नुका साथै हरि कृतन ले रमाईलो गराए बाहिर बाट ४ टिमको उपस्थिति रहेको थियो  ।

करिब ७ टिम लाई पत्रचार गरिए पनि आलमदेबी कृतन समुह साविक मैदान ६ राधा कृष्ण कृतन समुह साविक मैदान ७ उपल्ला अमजा,जगदम्बा सिदेश्वर कृतन समुह साविक पटौटी २ शिवालय कृतन समुह साविक पटौटी ३ ले सहभागीता जनाएका थिए । साथै स्थानीय दुई टिम बनाएर हरि कृतन गाएर समापन भयो ।

उक्त कार्यक्रममा करिब पचास हजार भन्दा बढि आर्थिक सहयोग समेत जुटेको थियो साथै आयोजकले करिब १००१ भन्दा बढि रकम सहयोग गर्ने १३ जनालाई खादा ओढाएर सम्मान समेत गरेको थियो । संचारको क्षेत्रमा उत्कृष्ट कार्य गरेको मुल्याकंन गरी अर्घाखाची डटकम लाईभ एण्ड क्राईम ब्युरो प्रमुख पत्रकार डिल्लीराज घिमिरे ( डिआरजी सुमन) तथा स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाची जिल्ला कोषाध्यक्ष पत्रकार दिनेश रदिफ गैरेलाई समेत मन्दिरको प्रचार प्रसारमा सहयोग गरेको भन्दै खादा ओढाएर सम्मान गरिएको थियो ।

विगतका समयमा हुने गरेका कार्यक्रममा केही आचारणविहीन कार्य हुने गरेका भएता पनि यस वर्षको कार्यक्रम शान्त एवं उत्कृष्ट रुपमा सम्पन्न भएको यस मन्दिर व्यावस्थापन समिती अध्यक्ष लेखनाथ गैरेले जनाएका बताए छन । 


तस्वीर; डिआरजी सुमन/अर्घाखाँची डटकम्