सन्धिखर्कमा सन्धिखर्क नगरपालिका स्तरिय स्वास्थ्य संस्थाहरुको बार्षिक समीक्षा गोष्ठी सम्पन्न

प्रकासित मिती: १३  कार्तिक २०७५ 

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले स्वास्थ्य क्षेत्र को बिकासका लागि नगरपालिका ले अागामि दिनमा नया योजना लिएर अगाडि बढने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका स्तरिय स्वास्थ्य सस्थाहरुको बार्षिक समीक्षा गोष्ठीको उदघाटन गर्दै नगरप्रमुख भुसालले मानिस पहिला स्वास्थ्य रहनु पर्ने बताउदै स्वास्थ जीवन यापन गर्ने सबै को अधिकार सुनिश्चित गर्नका लागि स्वास्थ्य सम्बन्धित धेरै कामहरु नगरपालिका ले गरिरहे को बताउनु भयो ।   
नगर प्रमुख भुसालले नगरपालिका ले अहिले सम्म गरेका कामहरु बाट जनता सन्तोष जनक छन कि छैनन् भन्ने कुरा समेत अध्यान गरेर बिकासको खाका अगाडि बढाएको बताउदै बिकासका कामहरु दुर्त गतिमा अगाडि बढेको बताउनु भयो  ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले स्वास्थ्य शिक्षा बाट नगरपालिका भित्र कोहिपनि बन्चित नहोस भन्ने उदेश्य सहित समग्र क्षेत्र को बिकासमा कुनै पनि कमि हुन नदिने बताउदै हराभरा सव्छ सुविधा सम्पन्न नगरपालिका बनाउने अभियानमा  अाफुहरु लाई सहयोग गर्न अाग्रह गर्नु भयो। 
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले बिकासका कामहरु पार्दर्सि ढगले अगाडि बढाउन अनुगमन लाई तिब्र पारेको बताउनु भयो ।
नगरपालिका ले दिने सेबाहरु तुरुस्त दुरुस्त पार्नका लागि कर्मचारी हरुलाई अाफुले निर्देसन दिऐको बताउदै स्वास्थ्य सस्थाहरुको स्तर उन्नति गर्नका लागि सबै लाग्नु पर्नेमा जोडदिनु भयो ।कार्यक्रममा नगरस्वाथ्य सयोजक पुर्ण पराजुलि लगाएत सबै स्वास्थ्य सस्थाका प्रमुख प्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।