अर्घाखाँचीका कृष्णे मेरो नाम बोलको गितले बजार ततायो

प्रेमनारायण आचार्य
   सन्धिखर्क ११ कात्तिक । सांगितिक दुनीयामा आजभोलि कृष्णे मेरो नाम बोलको गितले बजार तताएको छ । पछिल्लने समय आधुनिक, लोकदोहोरी, फिल्मी गीत लगायत डि.जे गीतले  बजार तताएको हो । 
 विजया दशमीको अबसर पारेर अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा जन्मिएका मोडल तथा राष्ट्रिय गायक कृष्ण सापकोटाले डि.जे गीत “कृष्णे मेरो नाम” बोलको गीत केही दिन अगाडी मात्र सार्वजनिक भएको थियो  ।
बिगत लामो समय देखि दोहोरि गीत हरुमा मोडलिंगमा छुट्टै स्थान कायम गर्न सफल  मोडल कृष्ण सापकोटा डिजे गितमा नया अबतारमा देखा परेका छन् । 
डी जे गायक को रुप मा कृष्ण सापकोटा को स्वर र अभिनय समेत रहेको यो गीत मा बिसेष गरि आफ्नो मायालुलाई अर्घाखाँची मा घुम्नको लागि आग्रह गरेका छन् । 
गायक तथा सर्जक मधुसुदन बन्जाडेको शब्द तथा संगीत रहेको उक्त गीतमा, कमल सौराग को एरेन्ज रहेको छ भने कृष्ण सापकोटा कै आवाजमा रहेको छ ।
त्यस्तै भिडियो तर्फ पनी गायक सापकोटा कै निर्देशन रहेको छ भने हरिश महराले छायांकन गर्नुका साथै नबिन घर्ती मगरले सम्पादन गरेका हुन् । सोही गीत कृष्ण सापकोटा कै आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
उक्त गीतको भिडियोमा, उनै गायक कृष्ण सापकोटा र मोडल एलिना रायमाझीको अभिनय रहेको छ । गीतमा अर्घाखाँचीको विभिन्न रमणीय स्थानको नाम लिँदै घुम्न जाने जस्ता भनाई शब्दमा समेटिएको छ । गायक कृष्ण सापकोटाले दर्जनौ गितमा मोडलिंग तथा स्वर दिएका छन ।