भारतको जम्मू-कस्मिरमा बीजेपीका नेताको गोली हानी हत्या

news
भारतको जम्मू–कस्मिर राज्यका भारतीय जनता पार्टी (बीजेपी)का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ ।
हिजो साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो ।
किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।
जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।(एजेन्सी)