काठमाडौंमा वायु प्रदुषणको जोखिम

काठमाडौंमा वायु प्रदुषणको जोखिम उच्च स्तरमा पुगेको छ। उच्च प्रदुषणले गर्दा आम मानिसको सामान्य दैनिकि समेत नराम्रो स​ँग प्रभाबित भ​एको छ।  
तथ्याङ्कहरुका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदुषण सरकारी मापदण्ड भन्दा करिब पाँच गुणा सम्म पुगेको पाईएको छ। बड्दो औधोगिकरण र अब्यबस्थित सहरिकरणले गर्दा बिकसित भन्दा बिकाशसिल मुलुकहरुमा वायु प्रदुशणको अवस्था बिकराल बन्दै गईरहेको छ। “
ग्लोबल बर्डेन अफ डिजिज २०१६”को प्रतिबेदन अनुसार नेपालमा मात्रै हरेक बर्ष करिब ३५ हजार मानिसले वायु प्रदुशणकै कारण  ज्यान गुमाउने गर्दछ्न भने ससाँर भर करिब ७० लाख मानिस वायु प्रदुशणको शिकार हुने गरेका छन। हावामा अत्याधिक मात्रामा रहेका हानिकारण कणहरुले गर्दा गम्भिर स्वास्थ्य सम्बन्धि समस्याहरु समेत देखिन थालेका छन। आँखाको समस्या र श्वास प्रश्वास समबन्धि दिर्घ रोगिहरुको सङ्ख्यामा समेत वायु प्रदुषणको कारण उल्लेख्य बृदि  भएको छ।
भुकम्पपछिको पुननिर्माण, भौतिक पुर्वाधार निर्माण​, निकै सुस्त गतिमा भैरहेको सडक बिस्तार, अत्यधिक सङ्ख्यामा बढेका सवारि साधन र अब्यबस्थित रुपमा बढेको सहरिकरन उपत्यकामा वायु प्रदुशण बढ्नुको प्रमुख कारण हुन्।
स्वच्छ हावाको अधिकारलाई सँबिधानमा मौलिख हकको रुपमा व्याख्या गरेपनी बिभिन्न क्षेत्र बाट सिर्जित प्रदुषण नियन्त्रण गर्न सरकारले चासो नदिदाँ अवस्था झन भयावह बन्दै गैरहेको छ।
करिब २५ बर्ष देखि काठमाडौंमा साईकलमा तरकारी बेच्दै आउनु भएका बिरगंज स्थाई घर भएका चन्दन प्रशादका अनुसार काठमाडौंको वायु प्रदुषण पछील्लो ४-५ बर्षमा निकै बढेको छ। दैनिक ६-७ घण्टा साईकलमा तरकारी बेच्नु पर्दा प्रदुषणले निकै अप्ठ्यारो भोग्नु परेको प्रशादको अनुभब छ। श्वासप्रश्वास सम्बन्धी आफुले निकै समस्या भोग्नु परेकाले भबिश्यमा आफु दिर्घ रोगको शिकार हुन सक्ने भयले आफुलाई निकै सताउने गरेको प्रशादको भनाई छ ।
यी एक प्रतिनिधि मुलक पात्र भए पनि अधिकासँ उपत्यका बासी वायु प्रदुषणको चपेटामा परेका छन। यो समस्या समाधानको लागि सरकारले समयमै आवश्यक ध्यान नदिने हो भने भबिश्यमा प्रदुशणले निकै बिकराल रुप लिने पक्का छ।
तस्बिरमा काठमाडौंमा बिगत २५ बर्ष देखी तरकारी बेच्दै आउनु भएका ब्यबसायी ।