शिवलाल पौडेल
कात्तिक १७, अर्घाखाँची । नेपाली काङ्ग्रेस वडा कार्यसमिती पाणिनी ६ धातिवाङ्गको आयोजनामा दिपावली , नेपाल संम्वत तथा छठ पर्व २०७५ को पावन अवसरमा शुभकामना आदनप्रदान तथा चियापान समारोह सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस वडा कार्यसमिति पाणिनी ६ धातिवाङ्गका सभापति शोभाखर पौडेलको सभापतित्वमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु मुस्कानले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै प्रतिपक्ष दलको काम पूरा गर्ने बताउनुभयो । काङ्ग्रेस र कम्युनिस्टमा धेरै फरक भएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको र सरकार लाचार भएको बताउनुभयो ।
कार्यक्रममा नेपालि काङ्ग्रेस क्षेत्रीय सभापति एवम् पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले ठुला महलमा बस्दैमा समृद्ध पाणिनी नबन्ने र पाणिनिको विकासमा सबै धातिवाङ्ग वासिको साथ र सहयोग चाहिने र सबैलाई संस्कारित राजनीति गर्न आग्रह गर्नुभयो ।।
कार्यक्रममा पुर्व जिल्ला सभापति एवम् सन्धिखर्कका नगरप्रमुख कमल भुसाल , जिल्ला उपसभापति शान्ता भण्डारी , पुर्व उपसभापति श्यामनाथ काश्यप , नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला उपसभापति अच्युत पन्थी , महासमिति सदस्य एवं नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष यादव घिमिरे , नेपाल कम्युनिस्ट पार्टीका वार्ड सभापति थानेश्वर पौडेल , पाणिनि ६ धातिवाङ्गका वार्ड अध्यक्ष शुभबहादुर सारु ,पाणिनी ६ धातिवाङ्गका समाजसेवी हरि पौडेल, नेपाल दलित संघ अर्घाखाँचीका अध्यक्ष पृतम परियार , , नेपाली काङ्ग्रेस पाणिनी गाउँपालिका विभिन्न वार्डहरुका सभापतिहरु लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम पाणिनी गाउँकार्यपालिका सदस्य तारा पौडेलको स्वागत मन्तव्य एवम् नेपाल बिद्यार्थी संघका जिल्ला सचीव कृष्ण पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।