अर्घाखाँचीमा तिहारमा पट्का तथा प्रज्वलनशिल वस्तु विक्रीवितरण नगर्न प्रजिअको आग्रह

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले तिहारमा पटाका, भुइँचम्पा, आतीसबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरुको उत्पादन, आयात, ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।

उहाले पटका लगायत प्रजवलनशील पदार्थले आगलागी लगायतका घटना घटनसक्ने भएकाले पटका,आतीसबाजी, भुईचम्पा जस्ता प्रजवलनशील पदार्थको ओसार पसार एंव बिक्री बितरणमा रोक लगाएको जानकारी दिनु भयो । बिशेष गरी त्यस्ता सामग्रीहरुको प्रयोग बच्चाहरुले गर्ने भएकाले उनीहरुमा यसले ठूलो असर पार्न सक्ने हुँदा व्यापार नगरिदिन जिल्लाका व्यापारीहरुमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकराी खिमराज भुसालले भनाइ छ ।

यस्तै तिहारको अवसरमा खेलिने देउसी, भैलोलाई मर्यादित एवम् व्यवस्थित रुपमा सञ्चालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । रमाईलोको नाममा जबरजस्ती गर्ने एवं राति १० बजेपछि देउसी भैलो खेल्ने कार्य नगर्न पनि जिल्ला प्रशासन कार्यालयले सम्वन्धित सबैलाई जानकारी गराएको छ । स्थानीय प्रशासनको सूचनाको अवज्ञा गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।