अर्घाखाँची जिल्ला अस्पतालमा एक्सरे गर्ने दक्ष डाक्टर छैनन् ?

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका डिभर्नाका युवराज केसिले जिल्ला अस्पताल अर्घाखाँचीमा दक्ष भिडियो एक्सरे गर्न सक्ने डाक्टर नभएको बताएका छन ।

आफ्नो छोरीको स्वास्थ्य अवस्था ठिक नभएपछि कार्तिक १९ गते अर्घाखाँची जिल्ला अस्पतालले भिडियो एक्सरे गर्दा एपाटाइन्टिस भयो भनेर तुरुन्तै बुटवल रिफर गरिदियो । डा. को सल्लाह बमोजिम केसि परिवारले बच्चालाई बुटवलमा पुर्‍याई भिडियो एक्सरे गर्दा केही नभएको रिपोर्ट आएपछी जिल्ला अस्पताल अर्घाखाँचीमा दक्ष भिडियो एक्सरे गर्ने डा. नभएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन ।

आफ्नो छोरिको चिन्ताले जुन दुखी गराएको थियो त्यो त निको भयो तर अर्घाखाँची जिल्ला अस्पतालमा एउटा् भिडियो एक्सरे राम्रो सङ गर्न सक्ने डाक्टर नभएको हो कि भएर हेल्चेक्राइ गरिएको हो ? यसले फ़ेरि मलाई दुखी बनाएको छ । उनले भने ,

आखिर मेरो छोरिलाइ जस्तै अरुको छोराछोरी लाई पनि यस्तै दुख कत्ती दिए होलान् ? जन्ताका छोराछोरी माथी खेलवाड गर्न छुट भएकै हो या जिल्ला अस्पतालका डाक्टरले लापरबाही गर्न छुट छ ? या मेरो अर्घाखाँची जिल्ला अस्पतालमा नक्कली डाक्टर भएको कारण यस्ता समस्या हामी नेपालीले भोग्नु परेको छ।
आज सम्म मेरै परिवारको अर्घाखाँची जिल्ला अस्पताल बाट दुइवटा यस्तै अपरिपक्व केस भएका छन ।

बिगत केही दिन पहिले केसिका छोराको हात भाचिएर नभाचिएको रिपोर्ट आयो दुई दिन पछी हात सुनिदै जादा प्राइभेट मेडिकलमा चेकअप गर्दा हात भाचिएको रिपोर्ट आएको उनले स्मरण गराउदै पुन छोरीलाई एपाटाइस भएको छ भनी बुटवल रिफर गर्‍यो उनले उल्लेख गरेका छन बुटवलमा चेकजाँच गर्दा केही नभए सामान्य रहेको बुटवल अस्पतालको रिपोर्टले देखाएको छ । आखिर मैले जस्तै समस्या अरु नागरिकले कति झेल्नुपरेको होला ?

अब जिल्लाको लागि दुनियाँ आस देखाउदै हिज चुनावको बेला हाम्रा अमुल्य मत लिइ जित्नु हुने आदरणीय नेता ज्युहरुले यतातिर ध्यानाकर्षण गराउने या नगराउने अब अर्घाखाँची जिल्लाका जनता जान्न चाहान्छ्न ।