अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिर्खक नगरपालिका वार्ड नम्वर १ को पाणिनी चोक देखि बसपार्कसम्मका स्थानियबासीहरुले भैलोलाई संयुक्त रुपमा ५० देखि २ सय रुपैया दिने निर्यण गरेका छन् ।
पाणिनी चोक रामलाल भुसालको घर देखी बसपार्क तर्फ रहेका १० घरधुरी विचको संयुक्त बैठकको निर्णयले यसपालीको भैलोलाई लक्षित गरि संयुक्त रुपमा प्रत्येक भैलोलाई कम्तिमा रु ५० र बढीमा रु २ सय मात्र दिने निर्णय गरेका हुन् ।
पाणिनी चोक देखि बसपार्कसम्मका १० घरधुरीहरुलाई पायक पर्ने गरि भैलो जहाँ खेलेपनि मान्य हुने सहमती सहित निर्णय गरिएको रकम र घरधुरीको नाम संयोजकवाट उपलव्ध हुने बताइएको छ ।
यस्तै १० घरधुरीहरुले व्यक्तिगतरुपमा भैलोलाई सहयोग गरेको पाईएमा रु १० हजारसम्म जरिवाना गर्ने र तिर्ने सहमती समेत भएको छ ।