अर्घाखाँचीमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाईने, खेलेमा कारबाही

Image result for अर्घाखाँची भैलो

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।
मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।
प्रशासनको आग्रहविपरीत देउसी–भैलो खेलिएको पाइएमा कारबाही गरिने प्रजिअले उल्लेख गरेको छ ।