डिल्लीराज घिमिरे
स्वतन्त्र पत्रकार संघ रुपन्देही र अर्घाखांचिको पहलमा ६० हजार रकम सहति अक्षयकोष खडा गरिएको हो । स्वतन्त्र पत्रकार संघ राष्ट्रिय समिति तथा बिभिन्न जिल्ला शाखाहरुबाट सहयोग स्वरुप सो रकम जम्मा गरिएको संघले जनाएको छ । चन्द्र र राजको बार्षिक पुञ्य तिथिको अबसरमा उनीहरुकै निवास रुपन्देहीको बेलबासमा आयोजित श्रदाञ्जली सभामा संघले सो अक्षयकोषको घोषण गरेको हो ।
आफ्ना भाईहरुको स्मृतिमा अक्षयकोष स्थापना गर्न पहल गर्ने संघप्रति आभार प्रकट गर्दै मृतकका जेठा दाजु गोबिन्द्र प्रसाद श्रेष्ठले परिवारको तर्फबाट पनि सक्दो रकम थप गरेर अक्षयकोषलाई बढाउदै लैजाने प्रतिवद्धता ब्यक्त गरे । स्वतन्त्र पत्रकार संघ अर्घाखांची शाखाको संरक्षणमा रहने सो अक्षयकोषबाट बार्षिक रुपमा स्वतन्त्र कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने संघले जनाएको छ ।
श्रदाञ्जली सभामा संघको राष्ट्रिय समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, महासचिव नवराज पहाडी, कास्की शाखाका सचिव असफल गौतम, अर्घाखाची शाखाका राष्ट्रिय पार्सद डिल्लिराज घिमिरे, संचारिका समुह प्रदेश ५ की सचिव माया केसि लगायतले सोक मन्तब्य राखेका थिए ।
मृतक द्धयका जेठा दाजु गाबिन्द प्रसाद श्रेष्ठले आफ्ना स्वर्गिय भाईको जिवनी बताएका थिए ।
कार्यक्रममा प्रस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, उपाध्यक्ष कबिन्द्र नेपाल, प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिव डि आर बञ्जाडे, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय उप महासचिव राजेन्द्र जंग रायमाझि, कोषाध्यक्ष बिरेन्द्र पाण्डे, कास्की शाखा उपाध्यक्ष कृष्ण रानाभाट, पत्रकार शरिना मरासिनि, रेनुका गिरि, खेम पाठक लगायत अन्य उपस्थितले मृतकको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
तस्वीर ; डिआरजी सुमन/अर्घाखाँची डटकम्