शोभाखर पन्थी
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि नेपाल संवत् ११३९ मनाईएको छ ।
नेवा:खल जिल्ला समितिको आ योजनामा बिशाल जुलुस प्रदर्शन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले नेपाल संवत् लाई राष्ट्रिय मान्यता दिन राज्यको ध्यानाकर्षण गराए । नेपाल संवत् नेपालीको पहिचान र गौरब भएको बताउँदै उनीहरूले राष्ट्रियताको रक्षा र नेपालीको ईज्जत् प्रतिष्ठाको लागि नेपाल संवत् को बिकल्प नभएको दाबी गरे । कार्यक्रममा मन्तव्य राख्दै बयोबृद्ध समाजसेवी नन्दलाल श्रेष्ठले नेपाल संवत् नेपालीको मौलिक संवत् भएको बताउँदै नेपाल संवत् लाई तत्काल आधिकारीक मान्यता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , जिल्ला अध्यक्ष युबराज श्रेष्ठ ,समाजसेवी देबराज श्रेष्ठ ,सन्धिखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ ,नेपाल चेब्बरअफ कमर्सका अध्यक्ष असोक श्रेष्ठ लगायतका बक्ताहरुले मन्तव्य राख्दै नेपाल संवत् को महत्वमाथी प्रकाश पारेका थिए ।
नेपाल नेवा:खलका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र बसन्त श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा उल्लेख रुपमा स्थानीय बासिन्दा र संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।