सुर्य भुसाल
सन्धिखर्क ,अर्घाखाँची (अर्घाखाँची डट्कम) नेकपाका नेता तथा प्रदेस नम्बर ५ का सांसद चेतनारायण आचार्यले समग्र अर्घाखाँची को बिकासका लागि अाफुहरुले धेरै बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
नेता आचार्यले अर्घाखाँची जिल्ला भरका सबै योजनाहरु छानेर जनताको माग अनुसारका योजनाहरु प्राथमिकता का अाधारमा बजेट बिनियोजन गरिएकोले पार्दशिता लाई मुख्य प्राथमिकता दिएर बिकासका कामहरु लाई अगाडि बढाउन अाग्रह गर्दै उहाले अनियमितता गर्ने भष्टचार गर्ने जनतामुखि काम नगर्ने जो कोहिलाई नछोडने बताउनु भयो ।
अाफुहरुले ५ बर्षमा अर्घाखाँची मा रहेका खानेपानि बिजुलि बत्ति सिचाइ लाई पुर्ण रुपमा पूरा गर्ने गरि काम अगाडि बढाएको बताउदै ,नेता अाचार्यले सितगँगामा रहेको नौमुरे जलविद्युत योजनाको डिपिअार तयार गर्न सुरु भईसकेको अब बिकासका पुर्बधार हरु अर्घाखाँची का जनताको माग अनुसार अगाडि बढेको दावी गर्नु भयो ।
फरक प्रसंगमा नेता अाचर्यले सघिंयता मुलुकमा कार्यनयन भएपछि सरकारि कार्यलयहरु जिल्लामा भन्दापनि स्थानिय तहमा केन्द्रीत हुने हुदा अब बिकासले फर्को मार्नेमा शंका नगर्न जिल्ला बासिलाई अाग्रह गर्नु भएको छ ।