प्रेम खड्का
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अवस्थित टुडिखेलमा रहेको शौचालय बनेको वर्षौ भएपनी संरक्षित नहुदा दुर्गन्धित बनेको शौचालय अर्घाखाँची डट्कममा प्रकाशित समाचारको प्रभावले गर्दा चिटिक्क भएको छ ।
जिल्ला बाहिर र भित्र रहेका युवाहरुले खबर सञ्जालमा व्यापक प्रचार प्रसार भएपछी युवाहरुले जिर्ण बनेको शौचालय सफाई गरेका हुन ।
ठुला ठुला हरेक खेल र हरेक कार्यक्रम हुने टुडिखेलमा शौचालय नहुदा आम सर्वसाधारणहरुले सास्ति भोग्नु परेको सर्वविधितै छ ।
सदमुकाम समेत रहेको सन्धिखर्क नगरपालिकामा पालिकाले वास्ता नगरेको बताउदै युवाहरुले आफ्नै मेहनतबाट शौचालय सफा गरे भने ,शौचालयका लागि पानीको लागि ट्यान्कीका लागि पहल गरिरहेको रिषी भट्टराईले अर्घाखाँची डट्कमलाई जानकारि दिएका छन ।