सुर्य भुसाल
खाचिकोट । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सुपादेउराली मन्दिरमा अाएका भक्तजन तथा प्रयटकहरुलाई खाचिकोटको भगवती मन्दिर र अर्घाको एतिहासिक दरवार तथा भगवती मन्दिरको दर्शन गर्ने गरि मन्दिरको बिकास तथा स्तर उन्नति गर्ने गरि काम अगाडि बढिरहेको बताउनु भएको छ ।
खाचिकोट दरबार भगबति मन्दिर सन्चालक समितिले मन्दिर परिषरमा अायोजना गरेको कार्यक्रममा बोल्दै उहाले नगरपालिका भित्र रहेका सबै शक्ति पिठहरुको स्तरउन्ति गरि नगरपालिकाको अान्तरिक अायमा समेत बृर्दि हुनेगरि सरक्षण सम्बर्द्धन गरिने बताउनु भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिकले खाचिकोट भगवती मन्दिर तथा दरबार अर्घा दरबार तथा भगवती मन्दिरका लागि अाकस्यक पर्ने सबै खालका सहयोग गर्न अाफुहरु प्रतिबद्ध रहेको बताउदै नगरको बिकासले फड्को मारेर अगाडि बढेको बताउनु भयो ।
उहाले अर्घाखाँची मात्र नभई खाचिकोट भगवती मन्दिर तथा अर्घा भगवती मन्दिरको महत्त्व देश बिदेसमा रहेको बताउदै त्यसको सरक्षण गर्नु नगरवासिको दायित्व रहेको बताउदै बिकास निर्माणका काममा सबै ले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष पृतम बहादुर थापा बन तथा प्रयटन मन्त्रालय ५ नम्बर प्रदेसका बिस्नु भट्टराई लगाएतले मन्तब्य राख्दै बनतथा प्रयटन मन्त्रालय बाट खाचिकोट दरबार मन्दिर सम्रक्षण तथा सम्बर्दन का लगि परेको २० लाख बजेटको रकम पार्दर्सि ढगले खर्च गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा वार्ड सदस्य बिस्नु भुसाल नेकपाका नेता लक्ष्मण कडेल काङ्ग्रेस का नेता गोपाल भुसाल राम बहादुर केसि डिल्लि थापा लगाएतको उपस्थिति रहेको थियोे ।