सुर्य भुसाल
सन्धिखर्क । नेकपाका नेता तथा प्रदेश नम्बर ५ का सांसद चेतनारायण आचार्यले समग्र अर्घाखाँचीको बिकासका लाग अाफुहरुले धेरै बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
नेता आचार्यले अर्घाखाँची जिल्ला भरका सबै योजनाहरु छानेर जनताको माग अनुसारका योजनाहरु प्राथमिकता का अाधारमा बजेट बिनियोजन गरिएको ले पार्दर्सिता लाई मुख्य प्राथमिकता दिएर बिकासका कामहरुलाई अगाडि बढाउन अाग्रह गर्नु भएको हो ।
उहाले अनियमितता गर्ने भष्टचार गर्ने जनतामुखि काम नगर्ने जो कोहिलाई नछोडने बताउदै अाफुहरुले ५ बर्षमा अर्घाखाँची मा रहेका खानेपानि बिधुत सिचाइ लाई पुर्ण रुपमा पूरा गर्ने गरि काम अगाडि बढाएको बताउनु भएको छ ।
नेता आचार्यले सितगगामा रहेको नौमुरे जलविद्युत योजनाको डिपिअार तयार गर्न सुरु गरेको ले बिकासका पुर्बनधार हरु अर्घाखाँची का जनताको माग अनुसार अगाडि बढेको बताउनु भएको हो ।
फरक प्रसगमा नेता आचार्यले सघियता मुलुकमा कार्यनयन भएपछि सरकारि कार्यलयहरु जिल्लामा भन्दापनि स्थानिय तहमा केन्दित हुने हुदा अब बिकासले फर्को मार्नेमा सका नगर्न जिल्ला बासिलाई अाग्रह गर्नु भयो ।