शान्ति बगैंचा चोकमा गाडिहरुको मनमर्जिले पार्किङ गर्दा आवातजावत गर्ने जनताहरुलाई सास्ती


प्रेम खड्का

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकामा अव्यवस्थित रुपमा गाडीहरुले पार्किङ गर्दा आवतजावत गर्ने जनताहरुलाई सास्ती भएको छ ।

नगरपालिकाको शान्ति बगैचा चोकबाट जिल्लाबाट बाहिरिने र भित्रीने मुख्य चोक हो । घुम्न आउने र वाक गर्न आउने जनताहरुलाई जहाँ पायो त्यही गाडी रोकेर यात्रु चढाउने र उतार्ने गर्दा कुनै पनि दुर्घटना हुन सक्ने सरोकारहरुले बताएका छन ।

यस बगैंचामा दिनहु हजारौको संख्यामा जनताहरु आउने जाने गर्दा जिल्लाकै व्यस्त चोकमा गाडीहरुले आफ्नै मनमर्जीले गाडि रोकेर समान उतार्ने र गाडी हटाउन भन्दा उल्टै धम्क्याउने गरेको नाम नछाप्ने सर्तमा उनले भने , गाडी केही कुनामा च्यापेर लगाउनुहोस भन्दा कहिले काहीँ त त र म म पनि हुने गरेको बताए ।

यस क्षेत्रमा २४ सै घण्टा प्रहरी तैनात भएपनी उनिहरुले सम्झाई बुझाई छाडिदिने गरेका छन्, सड्कको चौडाइ कम हुनाले र पसलहरुका सामान सडक पेटिमा राख्नाले पनि गाडिहरु आवतजावत गर्न असहज हुने गरेको छ ।